दफा ४२
लेखा परीक्षक नियुक्ति
(१) अनुमतिपत्र प्राप्त संस्थाले तोकिएको अवधिभित्र लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको हिसाब, किताब, नगदी, जिन्सी सम्पत्ति समेतको लेखापरीक्षण गर्नु पर्ने देखिएमा बोर्डले लेखा परीक्षकको नियुक्ति गरी लेखा परीक्षण गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाले व्यहोर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाले व्यहोर्नु पर्नेछ ।